आर्थिक

शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक (हेर्नुहोस् सूचना)


८ पौष, काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षक माग गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले मावि तह तृतिय श्रेणी शिक्षक पदका लागि योग्यता पुगेका इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो ।

यहि पुस ५ गते बसेको शिक्षक सेवा आयोगको बैठकको निर्णय अनुसार सामुदायिक विद्यालयको मावि तह, तृतिय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना :