मनोरञ्जन

“निर्वाण”

Hemant Joshi “nomad”
जिवनलाई नजानिदो पाराले हेर्दा एउटा आकाशमा उडिरहेको चरा लाई हातले समातेर पिंजडामा हुल्न सकिन्छ, भनेजस्तो भएको छ । विभिन्न आशातित उपलब्धि हाँसिल गर्न नसक्दा नसक्दै पनि एउटा आशा को किरण कतै दुर क्षितिज बाट पिलपिलाइ रहेको देखिन्छ । एउटा सामान्य मनिस असामान्य तबरले आफुलाइ चिनाउने झिनो आश लिएर अगाडि बढेको जस्तो, आशाको पनि एउटा आशा जसलाई संगाल्दै मनिस आफुलाइ चिनाउने व्यापक परिश्रम गर्नु पर्ने, विभिन्न जटिलता का बाबजुद पनि आफुलाइ एउटा तरबारको मझधारमा राखेर जिन्दगीको अबिस्मरणिय यात्रा गर्न रुचाउने रहेछ । फरक यति मात्र रहेछ कसैले आफुलाइ नियन्त्रण गर्न सकेर सफलता चुम्दा रहेछन् भने कोहि बर्षा यामको अनियंत्रित बाढीले झै गन्तब्यको प्रबाह नगरी आफुलाइ बिलुप्त पर्दा रहेछन् यसै भबसागरमा।


यदि निराशा र बिरक्तताको कुनै गन्तव्य हुने थियो भने त्यो गन्तव्य को पहिलो र अन्तिम यात्री म नै हुने थिए, होला सायद । भनिन्छ सांसारमा अनुभव ले जिवनको चरम परिभाषा दिएर जान्छ भनेर तर कता कता मलाई मेरा सम्पुर्ण बिस्मृत अनुभव ले एउटा मुक्ति खोजिरहेका छन् । यस्तो लागिरहेछ मेरो जीवन ले एउटा विश्राम लिन खोजिरहेछ, एउटा यस्तो विश्राम जहाँ कुनै यादहरुले नसताउन्, भयहरुले बाटो नछेकुन् र भबिस्य मोहले एउटा चिरस्थाइ बाटो नपहिल्याउन् ।

विगतलाई सम्झेर बर्तमानमा ओथारो बस्नेहरू थुप्रै भेटिन्छन् तर किन किन मलाई भविस्य लाई सम्झेर वर्तमानमा चल्ला कोरल्न मन लगिरहेको छैन् । छ त केवल पागलपन एउटा यस्तो पागलपन जहाँ मेरा अतित ले नलखेटुन्, बर्तमानले नभेटाउन् भविस्य ले नअङ्गालुन् । मलाई त केबल रोज्नु छ मोक्ष्य जहाँ मेरा प्रत्येक इन्द्रिय ले म संग साउती गरुन् मेरो मन को आगनमा, निस्फिक्री पौडी खेलुन मेरो मस्तिष्क रुपि पोखरीमा र आफुलाइ गौरवान्वित अनुभव गरुन् ।

मृत्यु शैय्यामा पनि आफुलाइ पाउन नसकेर कतिपय आत्मारुपी मानव हरु भबिस्यको भागदौडमा होमिरहेका र आफुलाइ उभ्याउन खोजिरहेका छन् । एउटा सपनारुपि धरातलमा, यही धरातल बाट माथी उठ्न नसकेर केवल भौतिकरुपी जिवनलाइ कष्टपुर्ण ढंगले उल्लासमय बनाउने चेस्टा गरिरहेका छन् । कोहि त समयलाई नै चुनौती दिएर निर्माण गरिरहेका छन् । व्यक्तिगत प्रमाणिक समय र दुगुरिरहेका छन घडिका सुइहरुलाइ नै मात दिने गरि । भविस्यभोगी हरुले निर्माण गरेको पंखा लाई मियो मानेर घुमिरहेछन्, बर्तमानलाइ नै बिर्सेर । कतिपय त जिन्दगीहरु त यस्तो हतारमा छन् कि लाग्छ उनीहरु पुग्नु छ त्यहाँ जहाँ भविस्यरुपि पहाडले बेप्रबाह ढंगले ठडाएको छ । आफ्नो अजङ्गको शिर त्यसैगरी पहिल्याउनु त्यो बाटो जहाँ उनीहरुले भविस्य गर्न आफुलाइ बिर्सेका हुन्छन् ।

मनिस हरु यसरी आफ्नो सपना रूपी जहाजमा यसरी बेप्रबाह उडिरहेका छन् कि मानौ त्यो जहाज उनीहरुको सपनाको इन्धनले उडिरहेको छ । कल्पना र सपना भन्ने कुरा नितान्त फरक विषय हुन् जस्तो लाग्छ । आजकल म देख्छु मनिस हरु लाई हतार हतार हिडिरहेका थाहा छैन कति टाढा छ उनीहरुको गन्तव्य र जिवनको सार्थकता पनी लखेटिरहेका छन् । आफुले आफुलाइ जसरी बाघले आफ्नो सिकार लखेट्छ, लाग्छ यो भागदौडमा उसले कतिपय जटिलता को प्रबाह गरेकै छैन । तर पनि लागिरहेछ सपनाको पछाडी र मरेतुल्य भैइदिन्छ सपना पुरा गर्न को लागि तर आफुलाइ पुग्नु पर्ने गन्तव्य ठम्याउन सकिरहेको छ कि छैन भन्ने बिरोधाभाष मा सधैं बाँचिरहेको हुन्छन् ।

आजकल म आफुलाइ यस्तो मझधारमा उभिएको पाउदै छु, जहाँ एकातिर निराशा र अर्कोतिर जिन्दगी छ । मलाई यो समजरुपी ग्रन्थ ले यसरी तान्डव नचाइरहेको छ कि मैले मेरो जीवन को सुर, ताल र लय बिर्सिसकेको छु। म आफुलाइ आफु बनाउन आफ्नो तादम्य सहास लगाइरहेको छु, तर अँह सक्दिन् खै कहाँनेर छुटिरहेको छ मेरो नाप । यो बिकरालरुपी असमझदारीमा पनि मेरो अन्तरआत्माले एउटै आवाज गुन्जित गर्दछ, “निर्वाण“ !!