समाज

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएपछि…

१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार गाडीमा आगो लगाएको खबर आएको र प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।

उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।