समाचार

बालकुमारी क्षेत्र तनावग्रस्त, प्रहरीले हान्‍यो अश्रुग्यास

१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको पछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् ।