साहित्य

म आफै त निदाएको मान्छे हुँ !

– Prazol Bohara

जिन्दगी ले यसरी ठगिरहेछ मलाई !
हरेक पाईला पिच्छे काडाले घोचिरहेछ मलाई !!

जिन्दगीले यसरी सपना देख्न बाध्य बनाएको छ मलाई !
जहाँ मेरा कयौं रातहरू अनिदा छन् !!
ती रातहरूले यसरी छट्पट्टी पैदा गराएका छन् कि मलाई !
जहाँ मेरा सपनाले आफ्नै आशु को ताल मा आहाल खेलेका छन् !!

जिन्दगीले यसरी नशा को माद चढाएको छ मलाई !
जो म स्वयम आफ्नै भबिस्य सँग मात्तिरहेको छु !!
भबिस्यले पनि त मलाई पिरोलि रहेछ !
बन्द कोठामा कैद भई बस्न बाध्य बनाईरहेको छ !!

म आफै त बन्द कोठामा हराएको मान्छे हुँ !
तिमीलाई काहाँ यो खोज्न सक्छु र म !!
म आफै त निदाएको मान्छे हुँ !
तिमीलाई कहाँ बिउँझाउन सक्छु र म !!