आर्थिक

नयाँ बानेश्वर व्यापार-व्यवसायी संघको अध्यक्षमा लुईटेल, उपाध्यक्षमा मैनालीसहित यस्तो बन्यो नयाँ टिम

१५ पौस, काठमाडौं । नयाँ बानेश्वर व्यापार व्यवसायी संघ अध्यक्षमा पुनः नविन लुईँटेल निर्बाचित भएका छन् । को साधारण सभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको १४ औं साधारण सभा र ७ औं अधिवेशनबाट सर्बसम्मत रुपमा लुईटेल नेतृत्वको २१ सदस्यीय कार्यसमिति निर्बाचित भएको हो ।
समितिको उपाध्यक्षमा विराटप्रकाश मैनाली, विक्रम गौतम, मीना पाण्डे निर्वाचित भएका छिन् ।

त्यस्तैगरी सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा विक्रम महत, सहसचिवमा शिवलाल न्यौपाने, सहकोषाध्यक्षमा मोहन फुयाल निर्वाचित भएको बताइएको छ।

सदस्यहरुमा श्रीदेवी शिवाकोटी, रमेश रिमाल, चिरञ्जीवी गौडेल, जगन्नाथ दुलाल, ओमप्रसाद पोखरेल, केशव खनाल, रामचन्द्र श्रेष्ठ, शारदा सापकोटा, उमेश चौलागाईं, विष्णुमाया खरेल, ईश्वर सापकोटा, सुरेश थापा मगर र ज्ञानेन्द्र लिम्बु सेलाङ निर्वाचित भएको उपाध्यक्ष बिराट प्रकाश मैनालीले बताए ।
स्थानीय ब्यावशायीहरुको छातासंस्था नयाँ बानेश्वर ब्यापार ब्यावशायी संघले बानेश्वरस्थीत ब्यावशायीहरुको हीतमा बिभिन्न प्रकारका कृयाकलापहरु गर्दैआएको छ । दुईवटा समूह बनेर निबौचन हुन लागेको भएपछि पछि सर्बसम्मतीमा नयाँ कार्यसमिति बनेको अवस्था हो ।