समाचार

दलीय एकतामा सचेतक परियारको जोड

२० पुस, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको हितमा राजनीतिक दलहरूले सहमति र सहकार्यलाई अगाडि बढाएर जानुपर्ने बताएका छन् ।

रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा प्रमुख सचेतक परियारले खास मुद्दा र खास विषयमा आवश्यकतानुसार राजनीतिक विषयमा सहमति र सहकार्य गर्दै देशको हितमा अगाडि बढ्नुपर्ने बताए ।

प्रमुख सचेतक परियारले सहमति र सहकार्यको नाममा लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित सैद्धान्तिक मान्यताविपरीत अगाडि बढ्ने र स्वार्थ केन्द्रित राजनीति अगाडि बढाउने हो भने मुलुकका लागि घातक हुने बताए । उनले प्रतिनिधिसभामा मुख्य प्रतिपक्ष दल अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमात्रै रहेको जिकिर गरे ।