चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।
चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ ।
चीनको रेल क्षेत्रमा लगानी १ सय ७.७ विलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो ।
सन् २०२३ मा कुल ३ हजार ६ सय ३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् । जसमा २ हजार ७ सय ७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन् ।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १सय २ वटा रेलवे स्टेशनमा सेवाको शुरुवात् तथा निर्माणाधीन १ सय १२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।