अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिष्ट पार्टीका नेता र नर्वेका विदेशमन्त्री बीच भेटवार्ता

२३ माघ, चिन । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओले सोमबार बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरूले अन्तरपक्षीय अन्तरक्रियालाई सुदृढ बनाउने, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउने र चीन–नर्वे सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको बताइएको छ ।