२५ माघ, वासिङ्टन । अमेरिकी लेखिका मारिअन विलियम्सनले आफ्नो सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान अन्त्य गरेकी छन् ।
डेमोक्र्याट सांसद विलियम्सनले युट्युब भिडियोमार्फत् आफ्नो पछिल्लो धारणा व्यक्त गर्दै भनेकी छन् , “राष्ट्रपतिका लागि मेरो अभियान स्थगित गर्ने समय आएको छ ।”
विलियम्सनको बहिर्गमनसँगै अमेरिकी सांसद डीन फिलिप्स डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनका लागि एक मात्र प्रतिद्वन्द्वी बनेकी छन् । उनले न्यू ह्याम्पसायर र नेभाडा प्राइमरीमा सहज जित हासिल गरिसकेकी छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको आयोवा ककस र न्यू ह्याम्पसायरको प्राइमरीमा विजय हासिल गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको प्राइमरी निर्वाचन जुन महिनासम्म चल्नेछ । डेलिगेट्सले आधिकारिक रूपमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार चयन गर्ने रिपब्लिकन नेशनल कन्भेन्सन जुलाईमा हुनेछ भने डेमोक्रेटिक नेशनल कन्भेन्सन अगस्टमा हुनेछ ।
दुबै दलबाट निर्वाचित नेता सन् २०२४ नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि योग्य हुनेछन् ।