अन्तर्राष्ट्रिय

जर्जियामा बन्दुकधारीद्वारा ४ जनाको हत्या

२६ माघ, त्बिलिसी । दक्षिणपूर्वी जर्जियाली शहर रूस्ताभीमा आक्रमणकारी समूहले गाली हानी चार जनाको हत्या गरेको छ । प्रहरीले आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको त्यहाँको गृह मन्त्रालयले शुक्रबार जनाएको छ ।

सन् १९८८ मा जन्मिएका ती संदिग्ध आक्रमणकारीले राजधानी त्बिलिसीबाट २५ किलोमिटर टाढा एक लाख २६ हजार मानिसको औद्योगिक केन्द्र रूस्तावी शहरको बजारमा केही राउण्ड गोली चलाएका थिए ।

“बजारमा काम गर्ने संदिग्धका काकासहित चार जनाको मृत्यु भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

’शङ्कास्पद व्यक्तिलाई घटनास्थलबाट नै सुरक्षा नियन्त्रणमा लिइएको छ मन्त्रालयले जनाएको छ । उक्त आक्रमणमा अर्का एक जना घाइते भएका र उनलाई अस्पताल लगिएको छ ।

समाचार तयार पार्दासम्म आक्रमण के उद्देश्यले गरिएको थियो भन्नेबारे अझै नखुलेको र घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जानकारी गराएको छ ।
जर्जियामा अवैध रूपमा हतियार राख्नेलाई छ वर्षको जेल सजाय हुन सक्छ त्यसैले सशस्त्र झडपका घटना विरलै हुने गरेका छन् ।

गत वर्ष एक अवकाशप्राप्त सैनिक अधिकारीले देशको पूर्वी काखेती क्षेत्रमा आक्रमण गर्दा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएका थिए ।

सन् २०१४ मा, जर्जीया सरकारले पहिले खुकुलो पारिएका बन्दुकसम्बन्धी कानुनहरूलाई कडा बनाएको थियो, जसले गर्दा मानिसहरूले विशेष अनुमति बिना बन्दुक किन्न वा बोक्न गैरकानुनी हुने घोषणा गरिएको थियो ।