अन्तर्राष्ट्रिय

जर्जियाको बजारमा गोली चल्दा ४ जनाको मृत्य

२६ माघ, मस्को । जर्जियाको दक्षिणपूर्वी शहर रुस्ताभीको बजारमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आन्तरिक मामिला मन्त्रालयले शुक्रबार जनाए अनुसार गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको छ ।

गोली चलाउने व्यक्तिले आफ्ना आफन्तहरूसँग बजारमा काम गर्ने गरेको र उनीहरूबीच झगडा भएको बुझिएको छ । मृतक, गोली हान्ने व्यक्तिका काका रहेको र घाइते, काकाको छोरा रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा घटनास्थलमा रहेका ट्याक्सी चालक रहेको बताइएको छ ।