अन्तर्राष्ट्रिय

आतङ्कवादी समूहसँग सम्बन्ध रहेको आरोपमा ट्युनिसियामा १९ जना पक्राउ

२७ माघ, ट्युनिस ट्युनिसियाले चरमपन्थी धार्मिक सेलसँग सम्बन्ध रहेको आरोपमा १९ जनालाई पक्राउ गरेको ट्युनिसियन नेसनल गार्डले शुक्रबार बताएको छ ।

नेशनल गार्डको फेसबुक पेजमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ – सुरक्षा र न्यायिक निकायले खोजी गरेका १९ जनालाई आतङ्कवादी समूहमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । र ती पक्राउ परेकालाई १ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

ट्युनिसियाले सन् २०११ देखि बढ्दो आतङ्कवादी गतिविधिहरूको सामना गर्दै आएको छ । आतङ्कवादी गतिविधिमा थुप्रै सुरक्षा र सैन्य कर्मचारीहरूका साथै नागरिक र विदेशी पर्यटकहरू पनि मारिएका छन् ।