१ फागुन । किगाली । अफ्रिकी खाद्य मापदण्डको सामञ्जस्य गर्दै महाद्वीपमा स्वतन्त्र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले रुवान्डाको राजधानी किगालीमा सोमबार आयोजित बैठकमा सहभागी विज्ञहरूले खाद्य सुरक्षाका लागि मापदण्डको सन्तुलनमा जोड दिएका छन् ।
अफ्रिकाको अन्तरसरकारी मापदण्ड निकाय, मानकीकरणका लागि अफ्रिकी सङ्गठनद्वारा आयोजित बैठक अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनको ढाँचामा केन्द्रित छ । रुवान्डा मानक बोर्डका महानिर्देशक रेमन्ड मुरेन्जीले उद्घाटनका क्रममा सबै देशहरू खाद्य सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध भएकाले अन्तर–अफ्रिका व्यापारलाई सहज बनाउन आवश्यक मापदण्ड निर्माणमा जोड दिए ।
आवश्यक मापदण्ड मानकीकरणका लागि अफ्रिकी सङ्गठनका महासचिव हर्मोजेन सेन्गिमानाले सदस्य र साझेदारहरूसँगको सहकार्यमा अन्तरसरकारी मानक निकाय सक्षम भएको दाबी गरेका छन् ।
“हामी अफ्रिकी मापदण्डहरू विकास गर्न र मिलाउन सराहनीय काम गर्न जारी राख्ने देशहरू र विशेषज्ञहरूको सहयोगप्रति खुसी छौं। यो एउटा राम्रो कदम हो जुन हामीले एक मानक, एक परीक्षण, सबै ठाउँमा एक प्रमाणपत्र–स्वीकार गर्ने महादेशको रूपमा विकास गरेका छौं,“ उनले भने ।
रुवाण्डाको वाणिज्य तथा उद्योग मन्त्रालयका स्थायी सचिव रिचर्ड निवेनशुटीले मापदण्ड र अन्य आवश्यकताहरू मिलाउन एकसाथ प्रयासमा संलग्न अफ्रिकी देशहरूको प्रशंसा गर्नु भएको छ । उहाँले नमिलेका मापदण्ड मिलाउन जरुरी रहेको बताउका छन् ।
फेब्रुअरी १६ सम्म चल्न
ेएक हप्ता लामो बैठकले २०० वटा मापदण्डहरू मिलाउने प्रयास गरेको छ ।
मानकीकरणका लागि अफ्रिकी सङ्गठनलाई अन्तर–अफ्रिका व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले मेलमिलापका लागि मापदण्ड र सो अनुरूप मूल्याङ्कन प्रक्रियाहरू समन्वय गर्न जिम्मेवार बनाइदै छ ।
उक्त निकायले मत्स्य उत्पादन, दुग्ध उत्पादन, बागवानी, कफी, कोकोआ र चिया, जीवित जनावर, पशुखाना, कृषि तथा जैविक प्रविधिलगायत आठ प्राथमिकताका क्षेत्रहरूमा मापदण्ड मिलाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।