खेलकुद

एसिया कप खेल्न पाउने नेपाको सपना टुट्यो

४ फागुन, काठमाडौँ । एसिया कप खेल्न पाउने नेपाको सपना टुटेको छ । नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको हो ।

नेपालले अब एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएको छ । मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक जित हाँसिल गरेको हो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन् । डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २० रन बनाउँदा सिता रानामगर ६ र कविता जोशी २ रनमा आउट भए ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुगेको हो । अब फाइनल खेल आइतबार हुनेछ ।