खेलकुद

नेपाल र नामिबिया आज तेस्रो खेल्दै

९ फागुन, काठमाडौँ । नेपाल आज नामिबियासँग तेस्रो खेल खेल्दै छ ।

आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग तेस्रो खेल खेल्ने भएको हो । खेल टियु ग्राउन्डमा ९ बजेर ३० मिनेटमा हुने छ ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो ।

दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।