अन्तर्राष्ट्रिय

टर्कीमा असफल कु को आशङ्कामा ६७ जनालाई पक्राउ

९ फागुन, अङ्कारा । टर्की प्रहरीले सन् २०१६ मा भएको ‘कु’ प्रयासको अभियोगमा त्यस सञ्जालसँग सम्बन्ध रहेको आरोपमा ६७ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

आन्तरिक मामिला मन्त्री अली येर्लिकायाले बुधबार बताए अनुसार प्रहरीले अङ्कारा सहित टर्कीका विभिन्न १४ वटा प्रान्तहरूमा “क्लेम्प–७“ को रूपमा चिनिने कारबाहीका क्रममा एकैसाथ छापा मारेर ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
मन्त्रीको सामाजिक सञ्चाल एक्समा पोस्ट गरिएको भिडियो फुटेजले प्रहरीले अपार्टमेन्ट भवनहरूबाट संदिग्धहरूलाई पक्रेर सवारी साधनमा राखेको देखाएको छ । संदिग्धहरू गुलेन आन्दोलनको सैन्य संरचनासँग सम्बन्धित छन् जसलाई टर्की सरकारले सन् २०१६ जुलाई १५ मा कम्तिमा २५० जनाको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो ।

सन् २०२३ जुन १ देखि आन्दोलन विरुद्धको अभियानमा पक्राउ परेका संदिग्धको सङ्ख्या ६ हजार ४५ पुगेको मन्त्रीले बताउनु भएको छ । गुलेन आन्दोलन मुस्लिम धर्मोपदेशक फेथुल्लाह गुलेनको नेतृत्वमा नामकरण गरिएको हो ।

उनलाई अनुयायीहरूले आध्यात्मिक नेता मान्छन् । टर्की सरकारले सन् २०१६ मा भएको ‘कु’ प्रयासपछि आन्दोलनसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारबाही शुरु गरेको छ ।