अन्तर्राष्ट्रिय

श्रीलङ्कामा २ महिनामा १५ हजारभन्दा बढी डेंगीका बिरामी

११ फागुन, कोलम्बो । श्रीलङ्कामा सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगीका बिरामीहरू भेटिएका छन् । डेङ्गी सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जनाएको छ ।

एकाइद्वारा गरिएको पछिल्लो अपडेट अनुसार जनवरीमा १० हजार ४१७ जनामा सङ्क्रमण पाइएको छ भने फेब्रुअरीमा ४ हजार ९ सय ९६ जनामा सङ्क्रमण देखिएको छ । पश्चिमी प्रान्तमा सबैभन्दा बढी ५ हजार २ सय ७५ जनामा सङ्क्रमण देखिएको छ भने उत्तरी प्रान्तमा ३ हजार ६ सय ६७ जनामा सङ्क्रमण देखिएको छ ।

गत वर्ष ८८ हजार जना डेंगीका बिरामी फेला परेका थिए जसमा ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो ।