अन्तर्राष्ट्रिय

माल्टामा आप्रवासीको डुङ्गा पल्टिँदा ५ जनाको मृत्यु

११ फागुन, भ्यालेटा । उद्धार कार्यका क्रममा माल्टाको किनारमा आप्रवासी डुङ्गा पल्टिँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाए अनुसार उक्त डुङ्गामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै गरेको बताइएको छ ।

आप्रवासीहरू अफ्ठेरोमा परेर सहयोगको याचना गरिरहेको देखिन्थे। माल्टा गस्ती डुङ्गा जहाजमा सवारहरूलाई उद्धार गर्न पठाइएको तर तिनीहरूको जहाज माल्टा तटमा पल्टिएको सुरक्षा स्रोतले जनाएको छ । अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन ।