अन्तर्राष्ट्रिय

पाकिस्तानलाई स्वच्छ ऊर्जा रूपान्तरणको अवसर लिन विज्ञहरूको सुझाव

१२ फागुन, पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रवृत्तिको बीचमा, स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्ने अवसरको उच्च सदुपयोग गर्ने सुझाव विज्ञहरूले शुक्रबार दिएका छन् ।

दीगो विकास नीति संस्थानका कार्यकारी निर्देशक आबिद कयुम सुलेरीले हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) ढाँचा अन्तर्गत पाकिस्तानी र चिनियाँ कम्पनीहरूबीच लगानी र संयुक्त उद्यमका अवसरहरू खोज्न विशेषज्ञ, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई आग्रह गरेकाम हुन् । राष्ट्रिय ऊर्जा दक्षता तथा संरक्षण समितिका प्रबन्ध निर्देशक सरदार मोहज्जमले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र ऊर्जाको मागमा ऊर्जाको अपरिहार्य स्रोत भएकाले हाइड्रोजन उत्पादन निर्विकल्प भएको बताएका छन् ।

सकारात्मक परिवर्तन हासिल गर्न, नीतिगत पहलहरूलाई हाइड्रोजन उत्पादनको अवधारणासँग मिलाउनु आवश्यक रहेकाले यसका लागि दृष्टि, नीति, कोष र नियमहरूको स्पष्टता चाहिने उनले उल्लेख गरे ।

सन् २०२३ मा सुरु गरिएको चीनद्वारा प्रस्तावित ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई उजागर गर्ने बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतको प्रमुख परियोजना सिपिइसी, पाकिस्तानको दक्षिणपश्चिम ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो ।