१६ फागुन, काठमाडौँ । नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । हिजो मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो ।
सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काइन् । खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।