खेलकुद

त्रिकोणात्मक टी-२० सिरिज नेपाल आज हङकङसँग खेल्दै

२७ फागुन, काठमाडौं – त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । हङकङको मिसन रोड ग्राउण्डमा खेल हुँदै छ ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।