खेलकुद

राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस विजयी

४ चैत, काठमाडौँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५–१२ ले जित्यो भने खेलको दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पा¥यो ।

त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३–० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५–८, २५–७ र २५–२ ले पराजित ग¥यो ।

उक्त प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेतालेदुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलील एक लाख २५ हजार प्राप्त गर्नेछन् ।