अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा डुङ्गा डुब्दा एकको मृत्यु, दुई बेपत्ता

१३ चैत, क्यानबेरा । दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा पाँच जना डुङ्गामा सवार थिए ।

केही समयअघि त्यही स्थानको पानीमा एकजना मृत व्यक्ति फेला पारेको प्रहरी अकिारी पल बहरले मङ्गलबार बिहान पत्रकार सम्मेलनमा बताए । उनका अनुसार मृत व्यक्तिको पहिचान तथा पुष्टि हुन भने बाँकी नै छ ।

दुर्घटनामा परेका दुई जिवित व्यक्ति एक चट्टानमा फेला परेको स्रोतले बताएको छ ।

डुङ्गामा सवार रहेका परिवारका सदस्य तथा नजिकका साथीहरूको समूह रहेका प्रहरीले जनाएको छ ।