अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन

१३ चैत, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत तथा काय निकार्य (युएनआरडब्लुए) द्वारा सेवा दिइरहेका प्यालेस्टिनी शरणार्थीहरूलाई भेट्न र सेवाबारे जानकारी लिन शिविरको भ्रमण गरेका हुन् ।

राष्ट्रसङ्घका प्यालेस्टिनी शरणार्थीहरूको कल्याणका लागि समर्पित रहेको बताउदै द्वन्द्वमा मारिएका संयुक्त राष्ट्रका सहकर्मी तथा अन्य मृतकप्रति श्रद्धाञ्जलि दिँदै मौनधारणपछि शरणार्थीलाई संक्षिप्त सम्बोधन गरेका थिए ।

पछिल्लो समयमा जार्डन २४ लाख प्यालेस्टिनी शरणार्थीहरूको घर रहेको बताउदै उनले यो सङ्ख्या यस क्षेत्रको सबैभन्दा ठूलो सङ्ख्या भएको बताएका छन् । भ्रमणका क्रममा उनले गाजाका विद्यार्थीसहित प्रेरणादायी युवा विद्यार्थी, सांसद तथा नेताहरूलाई भेट्नुभएको छ ।

गाजामा युद्धका कारण आएको हृदयविदारक समयमा यो एउटा हृदयस्पर्शी र ऐक्यवद्धता भ्रमणभएको उनले बताए । सिरिया, लेबनान, कब्जा गरिएको वेस्ट ब्याङ्क र गाजामा पनि युएनआरडब्लुए आशा र मर्यादाको सहयात्री भएको महासचिव गुटेरेसले उल्लेख गरे ।

युएनआरडब्लुएले पाँच लाखभन्दा बढी बालबालिका लागि शिक्षा, करिब २० लाख मानिसहरूलाई स्वास्थ्य सेवा, रोजगारीका अवसरहरू र समुदाय र पारिवारिक समर्थन, र करिब पाँच लाख गरिब प्यालेस्टिनीहरूका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिरहेको उनले बताए ।