प्रदेश 1

आचार्यहरुको ओजनामा कनकाई कोटीहोममा बुधबारबाट सप्ताह पुराण, केन्द्रीय अध्यक्ष बाबुराम आचार्यद्वारा उद्घाटन हुँदै

३ चैत, दमक । आचार्य बन्धु सेवा समाजले कनकाई कोटीहोम माईधाममा सप्ताह पुराणको आयोजना गर्दैछ । यही २०८१ साल बैसाख ५ गतेबाट शुरु हुने भनिएको पुराणको उद्घाटन कौण्डिन्य गोत्रीय महासंघका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले गर्नेछन् ।
अध्यक्ष बाबुरानम आचार्य मंगलबार दिउँसो भद्रपुरको फ्लाईटमार्फत पुराणस्थलतर्फ जाने उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष दिनेश आचार्यले पुराणका लागि प्रमुख अतिथीका रुपमा आउन लाग्नुभएको केन्द्रीय अध्यक्ष बाबुराम आचार्यलाई भद्रपुर बिमानस्थलमा समाजद्वारा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । ।
आचार्य समाजले देशभर हिन्दू धर्म प्रबर्धनका लागि बिगतदेखी नै काम गर्दै आईरहेको छ । पुराण, मठ मन्दीर, पुजा–आजा, धर्मकर्ममा बिश्वास गर्नुपर्ने आचार्यसमाजले बताउँदै आएको छ ।