प्रदेश 1

कांग्रेसको हेल्थ डेस्कमा पूर्व प्रधानन्यायाधीश रेग्मीले गराए स्वास्थ्य जांच, कुम्भ स्नानस्थल व्यवस्थित नभएको गुनासो

२६ बैशाख, धरान । नेपाल सरकार, मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले महाकुम्भको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समितिले धरानको पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा आप्mनो स्वास्थ्य जांच गराएका छन् । उनको उच्च रक्तचाप, मधुमेह, अक्सिजन लेवल, पल्स लगायतको परीक्षण नर्मल पाइएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
स्वास्थ्य परीक्षण पश्चात पूर्व अध्यक्ष रेग्मीले प्रतिक्रिया दिंदै कांग्रेसले दिएको निःशुल्क स्वास्थ्य सेवा र नेवार एकता समाजको निःशुल्क पिउनेपानी सेवाको प्रशंंसा गर्दै स्नान स्थलका व्यवस्थापनमा सुधार गर्नुपर्ने, महाकुम्भलाई धार्मिक पर्यटनसंग जोड्नु पर्ने, सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने, आवात जावत र पार्किङको उचित व्यवस्थापन गर्नुपर्ने, आधारभूत कुराहरुमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव राख्नुभएको सभापति तामाङले जानकारी दिए ।
महाकुम्भ मेला शुरु भएसंगै गत चैत्र २७ गतेवाट तिर्थालु भक्तजनहरुको स्वास्थ्यमा आउन सक्ने आकस्मिक समस्यालाई ध्यानमा राखेर नेपाली कांग्रेस, सुनसरीको १ नं। क्षेत्रीय समितिले १ महिने निःशुल्क हेल्थ डेस्क राखेको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।
हेल्थ डेस्कमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल परिवार नियोजन संघ, विजयपुर अस्पताल, रोट्रयाक वीपीकेआईएचएस, धरान सिटी अस्पताल लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेका छन् ।
हेल्थ डेस्कमा प्रेसर र सुगर जांच हुनका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल लगायतका औषधीहरु वितरण गर्ने, डे«सिङ गर्ने र स्वास्थ्य सम्बन्धि जनचेतानमूलक पर्चा वितरण गर्ने गरिएको स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताईन ।
कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा तथा नेपाली कांग्रेस प्रदेशसभा १(१), १(२), धरान नगर, १४ नं. वडा र नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १(१), १(२), धरान नगर कार्यसमितिको व्यवस्थापकीय सहयोगमा, पिण्डेश्वर वावाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स र अमर पोलिक्लिनिक धरान–१८ को सहयोगमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं। १, सुनसरीले सञ्चालन गरेको १ महिने हेल्थ डेस्क महाकुम्भ अवधिभर बैशाख २८ गतेसम्म रहने बताइएको छ ।