प्रदेश 1

दुई मन्त्रीसहित हिक्मत कार्कीले लिए कोशी प्रदेशको मुख्यमन्त्रीमा सपथ

२७ बैसाख, बिराटनगर । आज कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ती लिएका हिक्मत कार्कीले अपरान्ह सपथ लिएका छन् ।
निबर्तमान मुख्यमन्त्री केदार कार्कीले अबैधानिक भन्दै स्टे अर्डर जारी गर्न माग गर्दै आजै सर्बोच्च अदालतमा निबेदन दिएका छन् भने अर्को तर्फ सानो मन्त्री परिषद बिस्तारको तयारी सहित उनले सपथ खाएका छन् ।
कार्कीसँगै एमाले र माओबादी केन्द्रबाट एक एक मन्त्रीले सपथ खाएका छन् । एमालेबाट राम राना र माओबादीबाट गणेश उप्रेतीले सपथ खाएका छन् ।