राजनीति

मन्त्री परिषद बैठकले गर्यो बढुवादेखी, लाईसेन्स दिन निर्देशन दिनेसम्मका यस्ता महत्वपुर्ण निर्णय

२७ वैशा, काठमाडौ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य निर्णयहरुमा प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।
यसौगरी दोस्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दहालको अध्यक्षतामा बसेको बैठकले समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
यसैगरी आजको बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको छ । १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ नियामक प्राधिकरणको खातामा जम्मा गरिदिएको नेपाल टेलिकमलाई दुर संञ्चार प्राधिकरणलाई नयाँ लाईसेन्स दिन निर्देशनसमेत दिएको छ ।