राजनीति

राष्ट्रपतिका सल्लाहकार डा नेपालले आलोचना भएपछि दिएको राजीनामा स्वीकृत, गृहमन्त्री रवि लामिछानेको ख्वै !

३० बैसाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहकार डा चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।


आज उनको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा नेपालले नेपालको १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने बिषयमा दिएको अभिब्यक्ती बिबादमा परेपछि राजीनामा दिएका थिए । डा नेपालले दिएको राजीनामालाई देशभर सहकारी ठगको रुपमा आलोचना आउँदा पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भन्दै थाहै नदिएको जस्तो गरेको र जनताको भावनाको कदर गरी राजीनामा दिन नसकेको भन्दै सामाजिक सञ्जालमा प्रतिकृया आउन थालेको छ ।


सर्बसाधारणले डा नेपालको राजीनामाले आलोचना हुँदा जनतालाई प्रधान मान्दै पदमा बस्न नहुने संस्कृतिको विकास हुन सुरु भएको रुपमा लिनुपर्ने तर्क गरिएको छ । रवि लामिछानेले सहकारीमा अबौं रुपैयाँमा जोडिदासमेत उनले न संसदीय छानबिन समिति बनाउन सहमती दिन्छन् न त पदबाट राजीनामा नै दिन्छन् भन्ने राजनीतिक बृतमा चर्चा छ । डा नेपालले बिबादमा आएपछि राजीनामा दिएर नैतिकताको पाठ सिकाएको सर्बसाधारणको तर्क छ । रबि लामिछाने वा अन्य राजनीतिक नेतृत्वहरु यस बिषयमा पछाडी रहेका छन् ।