राजनीति

सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरु माथि कारवाही गर्न अनिवार्य भएको ठहरः काँग्रेस

१ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको वचतको सुरक्षाको ग्यारेण्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पिडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरु माथि कारवाही गर्न अनिवार्य भएको ठहर गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठक नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा बसी देहाय बमोजिमका प्रस्तावहरु माथि छलफल भई निर्णय भएको हो । दलको बैठकले लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अरबौं वचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठक नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा बसी देहाय बमोजिमका प्रस्तावहरु माथि छलफल भई निर्णय भएको सचेतक रमेश लेखकले बताए ।

सहकारीमा वचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने समेत संलग्न रहेका छन् । यस बारेमा संसदीय छानविन समिति गठन गर्न नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलले निरन्तर माग गरी रहेको सर्वविदितै छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक तत्काल संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।

नेपाली कांग्रेसले र अन्य विपक्षी दलहरुले निरन्तर उठाउँदै आएको विषयमा सरकार गैरजिम्मेवार भई समस्याको समाधान नगरेमा यसबाट संघीय संसदका वैठक प्रभावित हुने लगायत उत्पन्न हुने सबै परिणामका लागि सरकार नै जिम्मेवार हुने दलको बैठकले ठहर गरेको छ ।

गिरी बन्धु टिस्टेटबारे भए गरेका काम कारवाहीका सम्बन्धमा बैठकमा विषय प्रवेश गरेको छ ।