राजनीति

सहकारी ठगी गरिएको भनिएका गृहमन्त्री रवि लामिछानेमाथि कारबाही माग गर्दै नेविसंघको प्रदर्शन

२ बैसाख, काठमाडौ । नेपाल विद्यार्थी संघले आज उपप्रधान एबम् गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीका बिरुद्धमा आन्दोलन गरेको छ ।
हिजो महिला संघ उतारेको काँग्रेसले आज नेविसंघ र तरुण दल उतारेको छ । नेविसंघ उतारेको केहीबेरमा नै तरुण दल उतार्ने कार्यक्रम छ ।
नेविसंघका नेताहरुले सहकारी ठगी गरेको प्रमाणित गर्न पहिले छानबिन समिति बनाउनुपर्ने माग गर्दै आन्दोलन गरिएको छ ।
त्रिचन्द्र क्याम्पस घण्टाघरमा गरिएको बिरोध प्रदर्शनमा षेरखा मिडियाका अध्यक्ष जिवी राई खोई, रवि लामिछानेमाथी सहकारी ठगीमा कारबाही गर जस्ता नारा राखिएका प्लेकार्ड सहित बिरोध गरिएको थियो । यस्तै ओली बा दुईतिहाई त गिरिबाबु भ्रष्टाचारमा पो काम लागेछ जस्ता ब्यानरहरु पनि देखिएका थिए ।
उपप्रधान एबम् गृहमन्त्री लामिछानेले बरु राजीनामा दिने तर सहकारी ठगीमा छानविन गर्ने संसदीय समिति बकनाउन नमान्ने रणनीति लिएका छन् भने प्रमुख प्रतिपक्षी दल काँग्रेसले कुनै हालतमा पनि सहकारी ठीका बिषयमा संसदीय समिति बनाउनुपर्ने मागसहित संसदसमेत अबरुद्ध गरेको छ ।