५ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफु फेरि पनि बिश्वासको मत लिन तयार र बिश्वासको मत ढुक्कसँग पाउने बताएका छन् ।
आज नेपालको कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिश्वासको मत आउँछ कि आउँदैन भनेर चिन्ता नलिन समेत आग्रह गरेका छन् ।
साथै आफूले चौथो पटक संसद्बाट विश्वासको मत लिन लागेको जानकारी गराउँदै उनले मत पाउनेमा ढुक्क रहेको बताए । उनले संख्यामा घटबढ भएपनि मत पाउनेमा दुविधा नरहेको बताए । ‘घटबढ भइराख्छ तर विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म कुनै दुविधामा छैन,’– उनले बताएका छन् ।