राजनीति

राजनीतिमा प्रधानमन्त्री भन्दा बढी ब्यस्त कोही पनि छैन, हामी त खाली तमासा हेरेर बस्ने हो : अध्यक्ष नेपाल

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन् ।
शनिवार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै ब्यस्त हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी ब्यस्त कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौँ। नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहान्छौँ । यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुगोस् ।’