७ जेठ, तेहेरान । इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान, अजरबैजान प्रान्तका गभर्नर मालेक रहमाती, हेलिकप्टर दुर्घटनामा परेका छन् ।
रोयटर्सका अनुसार ‘राष्ट्रपति रइसी, विदेशमन्त्री र सबै यात्रुको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।’ इरानी संचारमाद्यमहरुले बताएपनि स्वतन्त्र पुष्टी भएको भएको भने छैन ।
हेलिककप्टेरमा राष्ट्रपति, विदेशमन्त्रीसहित ९ जना यात्रुहरु सवार थिए । यसअघि मिडियाहरुले सवार यात्रुहरु कोहीपनि जिविर रहने सम्भावना नभएको बताएका थिए ।