राजनीति

गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले संसदमा प्रश्तुत भए, प्रधानमन्त्रीलाई भन्छौंः काँग्रेस

७ जेठ, काठमाडौं । नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु काँग्रेसलाई आरोप लगाएर आफु पन्छिन खोजेको बताएका छन् ।
आजको नेपाली काँग्रेसको संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले काँग्रेसको रवि लामिछानेको सहकारी ठगीका बिषयमा छानविन गर्न संसदीय समिति बनाउनुपर्ने अडान यथावत रहेको बताउँदै काँग्रेसलाई आरोप लगाएर आफु उम्किन नपाईने बताए ।
गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले संसदमा प्रश्तुत भएको भन्दै यसबारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने बताए । उनले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा सहज ढंगले सहकारी ठगीसम्बन्धी संसदीय समिति बन्ने अवस्था आएमा सोचन सकिनेसमेत बताए । नेपाली काँग्रेसले रवि लामिछानेको सहकारी ठगीका बिषयमा छानविन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै संसद अबरुद्ध गरिरहेको अवस्था रहेको छ ।