राजनीति

रवि लामिछानेको सहकारी ठगीको बिषयलाई सडक र सदनबाट बिरोध गर्ने काँग्रेससहितका विपक्षी दलको निर्णय

७ जेठ, काठमाडौं । नेपाली काँग्रेससहितका बिपक्षी दलहरुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीका बिषयमा कडा रुपमा सडक र सदनबाट बिरोध गर्ने भएका छन् ।
आज बसेको काँग्रेस, राप्रपा, लोसपा, जसपा, राष्ट्रिय जनमोर्चालगायत बिपक्षी दलहरुको बैठकले प्रधानमन्त्रीमा पुष्पकमल दाहालले बिश्वासको मत लिएपछिको अवस्थालाई मध्यनजर गर्दै सहकारी ठगीको मुद्धालाई कडा रुपमा उठाउने निर्णय भएको हो ।
काँग्रेसले सहकारी ठगीको बिषयलाई लिएर संसद अबरुद्ध गरिरहेको भएपनि संसद अबरुद्ध हुँदाहुँदै आज प्रधानमन्त्री पुष्पकमल दहालले बिश्वासको मत लिएका थिए ।