राजनीति

सिरोहिया पक्राउ परेपछि बोल्यो रास्वपा : कानुन भन्दामाथि कोही हुँदैन

९ जेठ, काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक विज्ञप्ती जारी गर्दै कानूनभन्दा माथि कोही नहुने भनेका छन् । रास्वपाले सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस् भनेको छन् ।