राजनीति

गृहमन्त्री लामिछानेमाथि लागेका आरोप पनि छानविन गरिनुपर्छ : राप्रपा

९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि पनि छानबिन गर्न माग गरेको छ । केन्द्रिय समितिको बुधबार बसेको बैठकले लामिछाने बिरुद्दको सहकारी ठगि र दोहोरो राहदानी अपचलनमा संलगनता बारे छानबिन गर्न माग गरेको छ ।
साथै बैठक पछि मोहन कुमार श्रेष्ठले भनेका छन्, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रबी लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’