राजनीति

सिरोहिया पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्दैन : अध्यक्ष ओली

१० जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दैमा लोकतन्त्र खतरामा नपर्ने र सञ्चार क्षेत्रको हकहरु नखोसिने बताएका छन् ।
बिहिबार झापामा एक सडक उद्घाटनका कार्यक्रममा बोल्दै उनले बताएका छन् ‘किन यो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने ‘अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त एक जना मिडिया हाउसका मान्छे गिरफ्दार हुँदा? ’