राजनीति

कांग्रेसले भष्ट्राचारीविरुद्ध आवाज उठाउँदै आएको छ, सुरुआत सबैले आफैँबाट गरौंः उपसभापति गुरुङ

१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपालमा राजनीतिक प्रवृति खराव भएपनि लोकतान्त्रीक व्यवस्था खराव नभएको बताएका छन् ।
उनले प्रजातान्त्रीक समाजबाद मकवानपुरको एक कार्यक्रममा बोल्दै राजनीतिमा देखिएका खराव प्रवृतिलाई निमूल पार्दै निरासालाई आसामा बदल्न सकिनेमा आफु बिश्वस्त भएको बताए ।
उनले, ‘कांग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ । त्यसका सुरुआत हामी आफैँबाट गर्न आवश्यक छ ।’ भनेका छन् ।