राजनीति

प्रतिसोध साँध्न कैलाश सिरोहीयालाई पक्राउ गरियोः महामन्त्री शर्मा

११ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छानबिन समिति बनाउन आलटाल गरेको सत्ता गठबन्धनको आलोचना गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानी गर्दै भने–‘ यो सहकारीबन्दु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ ।’

सँसदका महासिचवको ३ वटा नागरीकता भएपनि उनलाई पक्राउ नगरीएको भन्दै प्रतिषाेध साँध्न कैलाश सिरोहीयालाई पक्राउ गरिएको महामन्त्री शर्माको तर्क छ ।