राजनीति

बैठकमा प्रचण्डलाई कांग्रेसको प्रश्न : कैलाश सिरोहियालाई किन पक्राउ गरेको ?

११ जेठ, काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ ।
आज बसेको बैठकमा काग्रेसले सिरोहियालाई पक्राउ गरेकोबारे प्रश्न सोधेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “केही दिन पहिला संसद्मै उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो,” बैठकपछि लेखकले भने, “कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो, किन त्यस्तो भयो ? यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ ।”