राजनीति

नाम उल्लेख नगरी बनाईएइको संसदीय छानबिन समिति मान्य छैनः काँग्रेस

१३ जेठ, काठमाडौं । नेपाली काँग्रेसले सहकारी ठगीका बिषयमा संसदीय समिति निर्माण गर्दा सहकारी गठीमा ब्यक्तीको नामसहित छानविन गर्ने बिषयमा सहमति हुनुपर्ने बताएका छन् ।
आज बिहान भएको काँग्रेसका उच्च नेताहरुको छलफलमा सरकार पक्षले ब्यक्तीको नाम नतोक्ने बरु सहकारीको नाम तोकेर छानविन समिति बनाउने भन्ने प्रस्ताव आएपनि काँग्रेले उक्त प्रस्तावमा सहमति नजनाई पूर्ववत अडानलाई यथावत राख्दै ब्यक्रीको नाम नै तोखेर सहकारी छानविन गर्न समिति बनाउनुपर्ने कुुरा यथावत रहेको बताईएको छ ।
्काँग्र्रेस सहमहामन्त्री जीवन परिवारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’
शनिबार काँग्रेसका शीर्ष नेताहरुसम्म छलफलमा बसेपनि सहकारी ठगी छानविनको टुंगो लाग्न सकेको थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथी सहकारी ठगीको आरोप लागिरहेको अवस्थामा संसदीय छानविन समिति बनाएर छानयिव गर्नुपर्ने काँग्रेसको माग छ । उक्त समितिमा ठगीमा संलग्नको नाम उल्लेख नभए मानय नहुने कँँग्रेसको अडान यथावत रहेको छ ।