राजनीति

काँग्रेससँग डराए प्रधानमन्त्री, एकाबिहानै गए सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थीत निवास

१३ जेठ, काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल देउवा निवास बुढानिलकण्ठ गएका छन् ।
आज बिहान संसदको गतिरोध अन्त्य गर्नेलगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न देउवा निवास गएको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
शनिवारको सहकारी ठगीसम्बन्धी बिषयमा छलफल गर्ने शीर्ष नेताको छलफलमा सभापति देउवा उपस्थित नभएपछि प्रधानमन्त्री दाहाल देउवालाई फकाउन बुढानिलकण्ठ गएको अनुमान लगाउन सकिन्छ ।
प्रधानमन्त्री दाहालले काँग्रेसलाई धोका दिएर नयाँ गठबन्धन बनाएपछि बिच्किएका भएपनि पछिल्लो समयसम्म प्रधानमन्त्रीसंग नै मिलेर अगाडी बढ्ने पक्षमा काँग्रेस सभापति भएपनि प्रधानमन्त्री दाहालले दूरी बढाए नयाँ रणनीति बनाएर अगाडी बढ्ने सोचमा काँग्रेस र सभापति देउवा भएको काँग्रेस नेताहरुले दाबी गर्न थालेका छन् । यसै कुरालाई बुझेपछि काँग्रेस साँच्चिकै बिच्किएमा सत्तालाई टिकाएर राजनीति गर्न गाह्रो हुने बुझेर देउवा निवासमा आफैं गएको हुनसक्ने राजीतिक टिप्पणी गर्दा अत्युक्ती नहोला । आज नै शीर्ष नेताहरु बसेर सहकारी ठगीको बिषय टुंग्याउने लाईनमा सरकार लागिरहेको भएपनि काँग्रेस उक्त बैठकमा आन्दोलनका कारण नआउने अनुमान पनि छ ।