समाचार

भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१३ जेठ, काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पौडेलसहित १३ जनाबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।