राजनीति

रबि लामिछानेले संसद उठाएका सबैको फाईल खोल्ने मागमा कांग्रेस सहमत छ : महामन्त्री शर्मा

१३ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रबि लामिछानेलाई जोगाउने बाहानामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी अपचलनमा संलग्न पार्टीको नेता तथा कार्यकर्तालाई जोगाई रहेको आरोप लगाएका छन् ।
आईतबार कांग्रेसले संसद् बिरुद्ध गरेको प्रर्दशनमा उनले बोल्दै ओलीले सहकारी ठगी प्रकरणमा संसदिय समिति बनाउन हुदैन भनेर दृढतापूर्वक उभिएको बताएका छन् ।
शर्माले भने, रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ, झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ ।’

संसदमा बोल्दै गर्दा उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले संसद्मा उठाएका सबैको फाईल खोल्न माग गर्दा कांग्रेसले तयार रहेको भन्दै शर्माले गृहमन्त्रीलाई चुनौति दिएका छन् ।