राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा पनि नदेखेको प्रबृत्ति अहिले देख्न परिरहेका छ : महामन्त्री थापा

१३ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँधेर र पक्राउ गरेको बताएका छन् । आइतबार प्रेस युनियनको कार्यक्रममा बोल्दै उनले मिडिया माथि नियन्त्रण गर्न खोज्ने सरकारको प्रबित्ति चिन्ताजनक रहेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा पनि नदेखेको प्रबृत्ति अहिले देख्न परिरहेका बताएका छन् ।

”हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले दुईदिन अघि प्रधानमन्त्रीलाई नामै लिएर भन्नुभयो, तपनईले कान्तिपुर स्थापनादेखि आजसम्म हेर्नु भयो भने सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा लखेटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला । तर म लखेटिएको छु, गाली खाएको छु कुराको म आफ्नो ठाउँमा जवाफ दिउँला । तर मलाई लखेट्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न खोजियो भन्ने भने कहाँ पुग्छ ?” देउवाले दुईदिन अघि प्रधानमन्त्री दाहाललाई भनेको भनाई ब्याख्या गर्दै कांग्रेसका महामन्त्री थापाले प्रेस युनियन कार्यक्रममा जानकारी गराएका हुन् ।