१५ जेठ, काठमाडौं । नेपाली काँग्रेसको मागसहित उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा छानविन गर्न ७ सदस्यीय संसदीय समिति बनाउने बिषयमा सहमती बनेको छ ।
आजको नेपाली काँग्रेसको संसदीय दलको बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । आज अन्तिम रुप दिन भने ११/ १२ बजे सम्म लाग्ने उनले जानकारी दिए ।
७६ लाख मानिसहरु सहकारीम जोडिएको भन्दै रवि लामिछानेसहितमा अनुसंधान गर्ने सवालमा छानविन गर्न सहमती गर्ने भनिएकोछ । आज ४ बजे भित्रमा कँँग्रेसबाट संसदीय समितिमा जाने साँसदहरु काँग्रेसले दिने प्रमुख सचेतक लेखकले जनाए । यससँगसँगै आजको बजेटसहितको साँसद बैठक सूचारु हुने देखिएको छ ।
सहमती सोमबार नै भएको भनिएपनि आज १२ बजेतिर यसको अनितम अनुमोदन हुनेछ ।