राजनीति

कसैको सनकको भरमा कानुन नै नभएको कुरा पालना गर्ने होईन : सभापति खतिवडा

१७ जेठ, काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सडकमा उभ्याने गृहमन्त्री रबि लामिछानको निर्णय बिषयमा राज्य व्यबस्था तथा सुशासन समितिले चासो देखाएको छ ।
समिति सभापति रामहरी खतिवडाले कसैको सनकको भरमा कानुननै नभएको कुरा पालना गर्न नहुने बताएका छन् । मानव अधिकार हनन हुनेगरी नागरिकहरुलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत रहेको बताएका छन् ।
‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय गर्ने होइन । यसमा हाम्रो चासो देखिएको छ । यसबारे छलफल गर्नुपर्ने आवश्यकता ठानेका छौं ।’ उनले बताए ।
गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्‌सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा आइसकेको छ ।